भारत प्रशासित कश्मीरमा चरमपन्थिको आक्रमणमा ६ जनाको मृत्यु


 


एजेन्सी, जेठ ३०

भारत प्रशासित कश्मीरको अनन्तनाग जिल्लामा चरमपन्थिको आक्रमणमा परी सिआरपिएफका पाँच जवान मारिएका छन् । अन्य पाँचजना घाइते भएका छन् । घाइते मध्ये एक जना आम नागरिक छन् ।

प्रहरीसँगको मुठभेडमा एक चरमपन्थि पनि मारिएका छन्। गाडीमा आएका चरमपन्थिहरुले आक्रमण गरेका भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । सेनाले उक्त इलाका घेराबन्दी गरेको छ । यसअघि पुलवामामा चरमपन्थिको आक्रमणमा परि ४० जवान मारिएका थिए ।

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्