झापामा पनि डेंगु संक्रमित बिरामी फेला


 


झापा । झापामा डेंगु संक्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा ६ जना डेंगु संक्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ ।

बिर्तामोडस्थित पूर्ण टुंग विर्ता सिटी अस्पतालमा ६ जना डेंगु संक्रमित बिरामीको उपचार भइरहेको र तीमध्ये तीन जना झापाका डेंगु संक्रमित बिरामी रहेको अस्पतालका मेडिकल निर्देशक डा। अनिल बस्नेतले जानकारी दिए । डा। बस्नेतका अनुसार बिर्तामोड नगरपालिकाका दुई र अर्जुनधारा नगरपालिकाका एक जनासहित धरानका तीन जना डेंगु संक्रमित बिरामीको उपचार भइरहेको छ ।

भद्रपुर नगरपालिकामा समेत एक जना डेंगु संक्रमित रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । दमकमा समेत दुई जना डेंगु रोग संक्रमित बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्