असार १ देखी उपत्यकामा दिउँसो मालबाहक सवारी सञ्चालनमा रोक


 


काठमाडौं । सरकारले असार १ गतेबाट उपत्यकामा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सबै प्रकारका मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्वमा विभागमा हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । “ट्राफिक व्यवस्थापनलाई सहज बनाउन असार १ गतेबाट बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य क्षेत्र तथा चक्रपथभित्र र बाहिर मालबाहक सवारी चल्नमा रोक लगाउने निर्णय भएको छ,” विभागका महानिर्देशक दहालले भने ।

विभागको निर्णयअनुसार उक्त नियम कार्यान्वयन गराइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी बसन्त पन्तले बताए । उपत्यकामा टिपरको सञ्चालनलाई व्यवस्थित गर्न सरकारले २ वर्षअघि टिपरलाई मात्र यो नियम लागु गर्दै आएको थियो ।

प्रकाशित मिति: २९ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्