छोरी बलात्कार गर्ने उपसचिव पक्राउ


 


काठमाडौं, जेठ २८

ललितपुरमा छोरीमाथि बलात्कार गरेको आरोपमा एक जना सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल सरकारको उपसचिव तहका अधिकारी छन् ।

पीडितको परिचय खुल्ने भएकाले उनको नाम प्रहरीले गोप्य राखेको छ । महोत्तरी घर भएर हाल ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय ती कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको जोहरीमा उल्लेख छ ।

ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई समेत जानकारी थियो ।

तर, परिवारकै बेइज्जती हुने भएकाले उनले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि बुबाको हर्कत नरोकिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।

छोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पक्राउ परेका कर्मचारीविरुद्ध मुलुकी अपराध संहिताको जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्