अत्यधिक गर्मीका कारण बसभित्रै चारजनाको मृत्यु


 


एजेन्सी, जेठ २८

भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।

मृतकको शव झांसीमा बसबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो । चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए । बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।

प्रकाशित मिति: २८ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्