मोरङमा सवारी दुर्घटनाबाट १० महिनामा ७८ जनाको मृत्यु


 


विराटनगर । चालु आर्थिक वर्षको १० महिनामा मात्र मोरङमा सवारी दुर्घटनाबाट ७८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिना भित्रमा मात्र विभिन्न ५ सय ९३ सवारीका साधन दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांक अनुसार सो आवधिमा ५२ वटा ट्रक, ५२ सार्वजनिक बस, जिप तथा कार ७०, ट्याक्टर ३१, टेम्पु ३६, मोटरसाइकल ३ सय ८, शारिरिक शक्तिबाट चल्ने ४२ र अन्य २ वटा सवारी साधन दुर्घटना हुँदा ७८ जनाको मृत्यू, २ सय १२ जना गम्भिर घाइते र ५ सय २१ जना सामान्य घाइते भएका हुन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्