प्रेस जगतलाई चोट पुर्याएकोमा क्षमा माग्दै मेयर द्वारिकालाल चौधरीले गरे आत्मआलोचना


 


काठमाडौं– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले केही दिनअघि एक पत्रकारलाई दिएको अभिव्यक्तिले सञ्चार जगतमा चोट परेको भन्दै आत्मआलोचना गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै मेयर चौधरीले सो अभिव्यक्तिले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफ्नो विचार फिर्ता लिएका हुन् ।

मेयर चौधरीले आफ्नो पत्रकार सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन् । उनले इटहरी उपहमहानगरपालिका समेत प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको जनाएका छन् । केही दिनअघि मेयर चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट धम्की दिएका थिए ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्