कांग्रेसका यी सांसद संसदमा ‘ब्लू फिल्म’ हेर्दाहेर्दै समातिए !


 


एजेन्सी । संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद समातिएका छन् ।

भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिएका हुन् ।

यो घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ( संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए । उनको यस्तो हर्कतको पर्दाफास भएपछि सत्ताधारी दल बीजेडीले उनीविरुद्ध कारवाहीको माग गरेको छ ।

बीजेडीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले यो एकदमै शर्मनाक कदम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभा अध्यक्षसँग माग गरिन् ।

यसैगरी कांग्रेसले पनि घटनाको छानविन हुनुपर्ने बताएको छ । कांग्रेसका महासचिव सुलोचना दासले भनेका छन्– यो घटना हुनु निकै लज्जास्पद छ यो छानविन हुनुपर्छ यदि हाम्रा सांसद दोषी पाइए उनीविरुद्ध कारवाही अगाडि बढाउनुपर्छ ।

तर, रंगेहात समातिएका सभासद दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे । झारसुगुड़ा क्षेत्रबाट दास दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए ।

मंगलवार संसदका अध्यक्ष निरञ्जन पुजारीले दासलाई सात दिनका लागि निलम्बित गरेका छन् । उनले घटनाको छानविन प्रस्ताव संसदबाट पारित गराएका छन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्