उदयपुरका ३० जना पत्रकारलाई ल्यापटप वितरण


 


उदयपुर। त्रियुगा नगरपालिकाले ३० जना पत्रकारलाई ल्यापटप वितरण गरेको छ । त्रियुगा नगरपालिकाले सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकारलाई ल्यापटप बाँडेको हो ।

केही दिनअघि एक कार्यक्रमको आयोजना गरी उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक–एक थान ल्यापटप बाँडिएको मेयर बलदेव चौधरीले जानकारी दिए । उक्त ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्