भोजपुरको आगलागी नियन्त्रणमा, दुई घर जलेर नष्ट


 


भोजपुर, बैशाख १७

भोजपुर नगरपालिका–१० का पर्शुराम श्रेष्ठको एक घर र दुई पाली जलेर नष्ट भएका हुन् । श्रेष्ठको कुखुरा फार्ममा आगो पस्दा २५० बढी कुखुरा जलेर नष्ट भएका छन् । सोही ठाउँका मणीराम श्रेष्ठको एउटा घर एउटा पाली, र तीनवटा चौपाय जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले जानकारी दिए ।

……………………………..

अहिले भोजपुरमा भिषण आगलागी भइरहेको छ । टक्सार बजारको तिनधारा छेउको सल्लाघारीबाट आगलागी सुरु भएको हो । हावाहुरी चलेका कारण आगो फैलिरहेको स्थानीयले बताएका छन् । आगलागी नियन्त्रणका लागि नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासी घटनास्थलमा खटिएका छन् । आगो नियन्त्रणमा आएको छ । आगलागीमा परी दुई घर जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति: १७ बैशाख २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्