अस्पतालमा शव राखेर प्रर्दशन, कनकाई हस्पिटल तनाव ग्रस्त प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन


 


झापा झापाको विर्तामोडस्थित कनकाई हस्पिटलमा उपचारका लागि ल्याइएकी युवतीको मृत्युपछि अस्पतालमा तनाव भएको छ ।

विमा कार्यक्रम लागू भएपछि इलामको सूर्योदय नगरपालिका – ९ फिक्कलबाट २१ वर्षीया देविका तामाङ्गलाई गत बुधवार एपिन्डीसको अप्रेशनका लागि अस्पताल भर्ना गरिएको मृतकका बुबा दावा तामाङ्गले बताए ।

तर आइतवार विहानसम्म डाक्टरहरुको टिमले विरामीको स्थिति सामान्य छ भनेपनि विहान ८ बजे एक्कासि डाक्टरले विरामीको अवस्था अलिक खराव भयो , विराटनगर लैजानु भनेको र कनकाई हस्पिटलकै एम्बुलेन्समा राखि विराटनगर नोबेल लैजादा नोवोलले विरामी मरिसकेको बताएको बुबा दावाले बताए ।

अहिले मृतकका आफन्तले उपचारमा संग्लन डाक्टर सन्तोसकुमार मिश्रलाई कार्वाहीको माग गर्दै विराटनगरबाट फिर्ता ल्याएको शवलाई अस्पतालमै शव राखेर प्रर्दशन गरिरहेका छन ।

हाल कनकाई हस्पिटलको अवस्था तनावग्रस्त रहेको छ भने कनकाईका सम्पुर्ण डाक्टरहरु अन्यत्र गएकाले उपचार हुन पाएको छैन । कनकाई हस्पिटलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्