सानैदेखी समाजसेवामा समर्पित बिरेन्द्रकुमार शाह


 


विराटनगर । मोरड सुनबर्शी नगरपालिकाका २३ बर्षीय बीरेन्द्रकुमार साह सानैदेखी कोमल हृदयका थिए उनी कसैको दुख र पीडा देख्न सक्दैन थिए। उनी सानैखी पत्रकार वा वकिल भएर सामाजिक काम गर्ने अन्यायमा परेका गरिब दुखिलाई सेवा गर्ने सपना बुन्थे। नभन्दै बीरेन्द्रको सपनाले आकार लिन थाल्यो उनी कक्षा -४ मा सुगाहाट माबी मा पढदा हसन्दह बाल क्लबमा आबद्द भए र विभिन्न कार्यक्रमहरुमा सरिक हुन थले।

बीरेन्द्रको काम देखेर सबैजनाले उनलाई सहयोग गर्न थाले र बाल क्लब सन्जालका अन्य साथिहरुले पनि उनको मिहनेत देखेर उनलाई मन पराउन थाले र नयाँ कार्यसमितिमा उनलाई अध्यक्ष समेत बनाए। बीरेन्द्र अध्यक्ष उदा बालबालिकाको क्षेत्रमा निकै नै काम गरेको उनका साथी प्रकाश भन्डारी बताउछन। बीरेन्द्र दिन रात नभनी बालबालिकाको हक हित र बाल अधिकारको बिषयमा सधै आवाज उठाउथ्यो। आवाज मात्र नभएर काम समेत गर्थ्यो। यहि कामले होला सायद बीरेन्द्र सबैको प्रिय भईसकेको थियो।

बीरेन्द्र जब कक्षा -६ मा पुग्यो ईटहरामा भखरै नयाँ रेडियो स्टेसन रेडियो सुनाखरी खुलेको थियो। बीरेन्द्रलाई पनि उक्त रेडियोमा काम गर्ने ईच्छा लाग्यो तर तालिम लिने पैसा नहुदा बीरेन्द्रले आफ्नो ईच्छालाई मार्नु परेको थियो। भिनिन्छ नि जब एउटा सपना देखिन्छ र त्यसलाई पूरा गर्न लागि परो भने असम्भव केही पनि हुदैन भन्ने कुराको उदाहरण बीरेन्द्रले दिए। बीरेन्द्र गाउँघरमा सन्जालन हुने सानो सानो कार्यक्रममा उदघोषकको उपमा प्रस्तुत हुन थाले आखिर एक दिन आयो जब बीरेन्द्रले आफ्नो रेडियोमा कार्यक्रम सन्जालन गर्ने सपना पूरा गरे उनको यो सपना पूरा गर्न तात्कालिन रेडियोका प्राबिधिक रेबन जिमिले उनको सिफारिस रेडियोका प्रबन्ध निर्देशक युवराज पौडेललाई गर्यो र अन्त्यमा बीरेन्द्रले रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा आफ्नो छवि बनाए। बीरेन्द्र रेडियोमा कार्यरत रहदा पनि आफ्नो क्षेत्रबाट समाजमा रहेका धेरै नै असाहायहरुको सहयोगमा जुटेका थिए। उनले बालबालिकाहरुको प्रतिभा उजागर गर्नकोलागी विभिन्न कार्यक्रमहरुको आयोजना समेत गरेर सबैको प्रिय ब्यक्ती बनेका थिए।

बीरेन्द्रको काम लगन मिहनेत र मिजासिलो स्वभावको चर्चा सबैतिर हुन थाल्यो विभिन्न पत्रपत्रीकाले बीरेन्द्रको बारेमा लेख्न थाल्यो अब बीरेन्द्रको चर्चा गाउँमा मात्र नभएर मोरडको सदरमुकाम बिराटनगरमा पनि हुन थाल्यो र बीरेन्द्र आफ्नो पढाईको सिलसिलामा बिराटनगर आयो बीरेन्द्रले आफ्नो पहिलो एकल गीति एल्बम मन बजारमा ल्याए। एल्बमको चर्चा परिचर्चा अब देश बिदेशमा बस्ने नेपालिहरु माझ हुन थाल्यो। अनि बीरेन्द्रले अन्जु पन्तको आवाजमा रहेको गीतको म्युजिक भिडियोमा अभिनय गरेको कुरा कमै मानिसहरुलाई थाहा छ किन कि त्यो भिडियो तेति चलेन। बीरेन्द्रले क्रमस दोस्रो एकल गीति एलबम साया पनि वजारमा ल्याए र अन्य धेरै फुटकर गीतहरु ल्याए। बीरेन्द्र एक कुशल निर्देशक पनि हुन उनले १४ वटा म्युजिक भिडियो र छोटो चलचित्रहरुमा निर्देशन र मोडलिङ समेत गरेका छन।

बीरेन्द्र देशका विभिन्न ठाउँहरुमा हुने महोत्सव ,मेला, कार्यक्रमहरुमा कार्यक्रम प्रस्तोताको रुपमा आफ्नो छुट्टै परिचय बनाएका छन् । बीरेन्द्रलाई प्राय कार्यक्रमहरुमा उदघोषण गरेको देख्न सकिन्छ।बीरेन्द्र अहिले राष्ट्र खबर च्यानल एभिन्युज टेलिभिजनमा मोरड जिल्ला सवाददाताको रुपमा पनि काम गरिरहेका छन्।बीरेन्द्र टेलिभिजन मार्फत पनि गरिब असाहायहरुको पक्षमा काम गरेका छन् । बीरेन्द्रले हालै मात्र सबैको सहयोगमा रगेलिकी स्तन क्यानसर पिडित मन्दिरा गुरुङ र सुनबर्शी नगरपालिका कि क्यानसर पिडित शुशिला मुर्मुको सफल उपचार गराईसकेका छन् भने धेरै नै सामाजिक कार्यमा बीरेन्द्र आफ्नो जीवन सुम्पिसकेका छन् ।

बीरेन्द्र भन्छन् हामिले सकेको सहयोग सदैब गरिब असाहायहरुलाई गर्नुपर्छ। बीरेन्द्र अब एउटा फाउन्डेसन नै बनाएर असाहय गरिबहरुको सेवामा लाग्ने समेत बताए। बीरेन्द्र बहुप्रतिभाका धनी युवा हुन उनी एक गीतकार, निर्देशक, सन्चारकर्मी,मोडल, कार्यक्रम प्रस्तोता , र सामाजिक अभियन्ता हुन। बीरेन्द्रले थुप्रै सम्मानहरु समेत पाएका छन् । अहिलेको युवाहरुले ओअनि बीरेन्द्रबाट धेरै कुरा सक्न सक्छन् एक युवा नै यो समाज र देश परिवर्तनको सम्बाहक हुन सक्छ।

 

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्