सरकारको काम देखेर विपक्षीलाई डाहा, सरकारले हेरेर बस्ने हैन, काम गरेर देखाउँने हो : प्रम ओली


 


भक्तपुर, २४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ऐतिहासिक विकासका काम देखेर विपक्षीहरुलाई डाहा लागेको बताउँदै सरकारले कुनै पनि समस्या हेरेर बस्ने नभई नतिजामूखी काम गरेर देखाउने बताउनुभएको छ ।

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले के गरेर बसेको छ ? भनि प्रश्न गर्ने विपक्षीलाई बोलेर भन्दा पनि नतिजामूखी काम गरेर देखाउने बताउँदै सोही कार्य अनुरुप बेरोजगारीलाई रोजगारीको ज्ञारेन्टी गर्ने कार्यको आजदेखी शुभारम्भ गरिएको बताउनुभयो । उहाँले बेरोजगारलाई सरकारले घर-घर पुगेर रोजगारी दिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पछिल्ला दिनहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार युवालाई रोजगार दिने योजनाहरु सार्वजनिक भएपनि कतिपयले ४० लाख नेपाली युवा विदेशमा भौतारिएका छन् सरकार के हेरेर बसेको छ ? भन्ने प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो,–‘यो सरकारले युवालाई विदेश पठाएको छैन, सरकार हेरेर बसेको पनि छैन, सरकार त्यस समस्याको समाधान खोजेर बसेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसको एउटा उदाहरण हो ।’ रोजगारीका थुप्रै अवसरहरु कसरी श्रृजना गर्न सकिन्छ भन्ने उदेश्यले काठमाडौ महानगरपालिकाले एउटा लामो छलफल पश्चात ५ सय ४० जना युवासँग तालिम लिएर नयाँ नयाँ योजनाहरु माथिपनि छलफल चलिरहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अव नेपाल कता जान्छ, हामीले डिजिटल नेपाल बनाउने भनेका छौ । हाम्रो देश बनाउने हामीले हो । सुसासन ल्याउने हामीले हो । आचरण सुधार्ने हामीले हो । समाजलाई सभ्य परिस्कृत र विकशित बनाउने हामीले हो । हामीले हाम्रो देश बनाउछौ भन्ने अठोट लिनुपर्छ । यसको शुरुवात भएको छ र यसमा हामी सफल हुन्छौ ।’

आगामी दिनमा नेपाल गरिव तथा बेरोजगार भएको देश भनेर बस्न नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले विभिन्न मुलुकमा रोजगारीको लागि जनशक्ति सप्लाई गर्ने नभई अन्य मुलुकका जनशक्ति नेपालमा ल्याई काम गर्ने वातावरणको खोजीमा सरकार तिव्र गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि सरकारले राम्रो काम नगर्दा विपक्षीले विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर विपक्षीहरु डाहाले विरोध गरिरहेका छन् ।’

मुलकमा विकास र परिर्वतनको लहर चलिरहेपनि कतिपयले राणाशासनको युगको कल्पनागर्ने केहीले नेपाललाई गरिब बनाएर २०४ बर्षसम्म शासनगर्ने राजतन्त्र चाहियो भन्ने मुर्खहरु पनि भएको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले भन्नुभयो,‘– लठेब्रो भएपनि जन्मिदै शासक हुनपाउनुपर्छ भन्ने मान्यता बोकेर त्यस्ता कुराका पछाडि लाग्ने पनि छन । कतिपयले आफुलाई बुद्धिजिवि पनि भन्ठान्छन र त्यस्ता काममा लागिरहेका छन मलाई दुखलाग्छ । कमसेकम यस्ता कुराको पछि नलाग्नुस । देशप्रति इमान्दार हुन सिक्नुस जनताप्रति इमान्दार हुन सिक्नुस । दुनियाँ कति अगाडि बढिसक्यो नेपाल पछाडी छ । अब त कमसेकम नेपाललाइ पछाडी पर्न नदिनुहोस ।’ उहाँले नेपाललाई बेरोजगारहरुको देश, श्रमिक सप्लाइगर्ने देश, गरिब देश, निरक्षणहरुको देश, रोगीहुँदा उपचारगर्न नसक्ने देश भनेर अब यसैमा रहिरहन नसकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भुकम्पपछि आफनै पहलमा एउटा अभियान शुरु भएको स्मरणगर्दै भन्नुभयो,‘– भुकम्पबाट विस्थापित २७ हजार २ सय ७६ आवाज बनाएर पिडित् जनतालाई हस्तानन्तर गरियो । १३ सयभन्दा बढि बिद्यालय निमार्ण गरेर कक्षाहरु सन्चालन भए । २२ हजार भत्किएका भग्नावेश सफा गरियो । जनताको केही पनि नलिएर आफ्रैले सम्पुर्णरुपमा काम गरेर १ महिनासम्म युवा, विद्यार्थी महिला, मजदुर, किसान, कार्यकर्ता, जुटेर कामगर्दा हामी पुन निमार्णैगर्न सक्दा रहेछौ भन्ने आभाष भयो र फेरि उठाउन सक्ने रहेछौ भन्ने लाग्छ । ’

उहाँले ४० लाख नेपाली युवालाई आफ्नो नेतृत्वको सरकारले विदेश नपठाएको भन्दै उनीहरुलाई स्वदेशमै रोजगारी दिने वातावरण बनाइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचार नगरिकन काम गरिरहेको दाबी गर्दै काममा मात्र विश्वास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘हामी डिजिटल यात्रामा अघि बढिरहेका छौ भन्ने प्रतिबिम्बत भएको छ । अब नगरहरु, पालिकाहरु, गाउँ, प्रदेश डिजिटल सिस्टममा गएसँगै यस बाटोमा हाम्रा अभियान अघि बढिरहेका छन ।’ उहाँले केही दिन अघि गणतन्त्र दिवसको अवसरमा सातवटै प्रदेशका मुख्य मन्त्रीहरुसँग प्रत्यक्ष वार्तागरेसँगै डिजिटल नेपाल, समृद्ध नेपाल, सुसासन र विकासतर्फ अघि बढिरहेको बताउनुभयो ।

भक्तपुरका चारवटै नगरपालिकाको संयुक्त आयोजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो । सूर्यविनायकबाट कटुञ्जे-तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्