काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा


 


काठमाडौं, जेठ २४

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका अनुसार रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकाले आइतबार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिने भएको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोक कुमार राईले जारी गरेको सुचनामा लेखिएको छ, ‘यही २०७६ साल जेठ २६ गते आइतबारका दिन श्री रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा हुने व्यहोरो सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्