अशक्त छोर्जे शेर्पाको उर्लाबारीको गोदावरी अस्पतालमा उपचार हुँदै


 


उर्लाबारी । भारतको आसाम घर बताउने छोर्जे शेर्पाको उपचारका लागि अस्पताल भर्ना गरिएको छ । आज शेर्पालाई सञ्चार क्लब नेपाल उर्लाबारी र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयोजनमा गोदावरी अस्पताल भर्ना गरिएको हो ।

आफूलाई लामा भएको बताउने अशक्त शेर्पा अहिले उर्लाबारी–१ मा सहारा विहीन भएको खबर सार्वजनिक भएपछि उहाँको उपचारका लागि पहल गरिएको सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष रुपेन्द्र शेर्माले जानकारी दिनुभयो ।

गोदावरी अस्पतालले निशुल्क उपचारको ब्यवस्था मिलाएको छ । केही दिनअघि देखि दुबै खुट्टा चल्न छोडेपछि उहाँ कष्टकर जीवन विताउन बाध्य हुनुभएको थियो । राम्रोसँग बोल्न समेत नसक्ने शेर्पालाई स्थानीयले खानपानको ब्यवस्था मिलाउँदै आएका छन् । उहाँले आछाममा भाई रहेको बताउनु भएको छ । तर उहाँ लामो समयदेखि परिवारको सम्पर्कमा हुनुहुन्न ।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्