इन्धन बोक्ने ट्याङकरभित्रै युवतीको बलात्कार


 


धनगढी । इन्धन बोक्ने ट्याङकर भित्रै मध्य राती युवतीको बलात्कार भएको छ । धनगढीको चटकपुरबाट युवा–युवतीलाई राती दुई बजे तिर ट्याङकरबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी युवतीले आफुलाई बलात्कार गरेको आरोप लगाएकी छन् । उनले ईन्धन ढुवानी गर्न ट्याङकर भित्रै ती युवाले बलात्कार गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

ति युवतीले आफुमाथि पक्राउ परेका युवकले ट्याङक भित्रै बलात्कार गरेको आरोप लगाईरहेको प्रहरीले जनाएको छ । सो बारेमा अनुसन्धान र सोधपुछ भईरहेकाले अहिले केहि भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्