इटहरीका मेयर द्वारिकलाल चौधरीले गरे अर्को नयाँ खुलासा ? (भिडियो सहित)


 


काठमाडौ । इटहरीका मेयर चौधरीका कारण अहिले नेपाली समाजमा एउटा बहस छेडिएको छ । गतल प्रवृत्तिलाई कसरी नियन्त्रण गर्ने वा कानुनलाई कसरी प्रभावकारी बनाउने भनेर बहस शुरु भएको छ । मेयर चौधरीले गर्न चाहेको सुशासनको विषयलाई सबैले प्रशंसा गरेका छन् । तर, उहाको प्रवृत्तिलाई भने गलत मानिएको छ ।

संविधान र कानुनले ति क्रियाकलाप रोक्न वा कारवाही गर्ने ठाउ दिएको छ । मेयर चौधरीले भने ति कानुनले कुनै काम नगरेकाले आफुले बेग्लै अभियान छेड्नु परेको बताउदै आएका छन्। निक्कै हक्की स्वभावका मेयर चौधरी सामान्य परिवारबाट राजनीतिमा आएका हुन् । उनी स्थानीय तहको निर्वाचन अघि तत्कालिन नेकपा एमालेका सुनसरी जिल्लाको अध्यक्ष समेत रहेका थिए ।

उनि पछिल्लो समय पत्रकारमाथी आक्रमक हुनुको कारण चाही केही समयअघि फर्कनु पर्ने हुन्छ । सि.एफ.एल. प्रकरणमा करोडौं घोटला । मेयर चौधरी बैंकक भ्रमणमा गएका बेला संचारमाध्यममा सिएफएल चिममा करोडौं घोटला भएको समाचार आयो । जुन समाचारबाट मेयर चौधरी निक्कै आक्रोशित भए । त्यस बेला उनको भनाई थियो, ‘केही समय अगाडि समचार आयो, सि.एफ.एल. प्रकरणमा कडरौँ घोटला ।

भोलिपल्ट अख्तियार आयो, हामीले आवश्यक सबै सहयोग गरी छायाँकपी दियौँ । भोलिपल्ट समचार आउँछ, मेयर अख्तियारको फन्दामा कब्जामा । मानौ म जेलमा छु, क्या काइदा, त्यस्तै छानबिन समितिले प्रतिवेदन दियो, प्रतिवेदनले २० लाख भ्रष्टचार भएको कहीँ भन्दैभन्दैन ।

सि.एफ.एल. प्रकरणमा २० लाख भ्रष्टचार, मेयर बैंककमा भनेर समचार सम्प्रेषण भयो । मानौ कि, कालो धन गाड्न बैंकक गएछु । कहिलेकाहीँ अप्ठ्यारो हुँदो रहेछ, वेगले हुरिवतास चलेको बेलामा ठूलाठूला रुखहरु पनि निहुरिन बाध्य हुन्छन् । भर्खरै प्रमुख प्रशासकीय अधिकृत आउनु भएको थियो, उहाँले सङ्का गर्न सक्नुहुने भयो सिङ्गो कार्यपालिका र आम जनसमुदायले ।

साँच्चै मेयरले वदमासी नै गरेका हुन् कि भन्ने खालको भान भयो । कहीँ मुख खोल्ने स्थिति थिएन, एक्लो वृहस्पति झुटो जस्तो । जब छानविन समितिको प्रतिवेदन आयो तब चाँहि सबै ढुक्क भए कि जनप्रतिनिधिहरुको सहभागिता छैन ।’ यसविषयमा अख्तियारले पनि चौधरीलाई सफाई दियो अर्थात सो चिम प्रकरणमा कुनै भ्रष्टचार भएको छैन भनेर ।

यस विषयमा मेयर चौधरी केही संचारमाध्यम र विशेषगरी स्थानीय केही पत्रकारदेखी निक्कै असन्तुष्ट थिए । मेयर चौधरीले पित पत्रकारिता गरेर आफुलाई बदनाम गराउने स्थानीय केही नेताले पत्रकार प्रयोग गरेको भनाई बारम्बार राख्दै आएका छन् । त्यसपछि पनि उनलाई केही पत्रकारले केही विषयमा विना कारण मुछ्न खोजेको उनको बुझाई रहेको छ । यही विषयलाई लिएर उनि आक्रोशित हुदै आएका छन् भने पत्रकारको नाक भाच्ने अभिव्यक्ति समेत दिएर पछिलो समय चर्चामा छन् ।

यता, पत्रकारको नाक भाच्ने अभिव्यक्ति दिएर चर्चा र विवादमा आएका मेयर चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरूले सुझाव दिएका छन् । चौधरीको भ्रष्टाचार विरोधी मान्यतामा शंका गर्ने कुनै ठाउँ नभए पनि पदीय मर्यादाअनुकुल अभिव्यक्ति नभएको भन्दै नेकपाका स्थायी कमिटी सदस्यहरू शंखर पोखरेल र योगेश भट्टराई क्षमायाचना गर्न आग्रह गरेका छन् ।

चौधरीले आफूविरुद्ध नियोजित रुपमा केही पत्रकार लागेको र उनीहरुको नाकको डाँडी भाच्न एक करोड रुपैयाँ र एउटा घडेरी छुट्याएको बताएका थिए । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुुकमा स्ट्याटस लेख्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेता भट्टराईले नेकपाले अलम्बन गरेको नीति सिद्धान्त र पदीय गरिमाविपरीत बोलेको भन्दै सच्याउन निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोखरेले फेसबुकमा लेखेका छनु, ‘द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्म आलोचना गर्नु उचित हुनेछ ।’

योगेश भट्टराईले चौधारीको हकी स्वभाव, प्रष्टवक्ता र इमान्दारिताको प्रशंसक भए पनि सार्वजनिक भएका अभिव्यक्ति स्वयव उनले धारण गरेको सार्वजनिक पद, प्रतिनिधित्व गरेको पार्टी र उनको राजनीतिक उचाइका कारण नसुहाउने बताएका छन् ।

उनले भनेका छन्, ‘आफ्ना भनाइप्रति सार्वजनिक रुपमा आत्मलोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्धारिकालाल चौधरीलाई म विनम्र अनुरोध गर्दछु । हेर्नुहोस् प्राइम टेलिभिजनले गरेको कुराकानी …..

प्रकाशित मिति: २४ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्