सहिद राम प्रसाद राई प्रतिष्ठानकाे शुभकामना अादान-प्रदान


 


ramprasad rai (1)काठमाडाैं, बैशाख १५

सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले राजधानी काठमाडाैंमा शुभकामना अादान-प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । बागबजारकाे सिटी म्याक्समा अायाेजना गरेकाे कार्यक्रममा नयाँ बर्ष २०७३ सालकाे शुभकामना अादान प्रदानका साथै क्यालेण्डर विमाेजन समेत भएकाे छ । कार्यक्रमकाे उद्घाटन र क्यालेण्डरकाे विमाेजन उपप्रधान तथा महिला बालबालीका मन्त्री सीपी मैनालीले गरेका थिए ।

ramprasad rai (2)कार्यक्रममा प्रजातन्त्र प्राप्तिका लागि २००७ सालमा भएको आन्दोलनका योद्धा रामप्रसाद राईलाई विभूति घोषणाको माग गरिएकाे थियाे । प्रतिष्ठानले विभूति घोषणा गरी सात सालको क्रान्तिमा पु¥याएको योगदानको कदर गर्न माग गरेको हो ।

प्रतिष्ठानकी अध्यक्ष तारादेवी राईले रामप्रसादको योगदानलाई नामेट पार्ने षड्यन्त्र भएको बताईन । रामप्रसादको योगदानबारे उपप्रधानमन्त्री सीपी मैनाली, एकीकृत नेकपा (माओवादी)का नेता गोपाल किराती, लेखक जय छाङ्छाले चर्चा गरेका थिए ।

प्रकाशित मिति: १५ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्