इन्सपेक्टर केशवबहादुर बस्नेत १५ हजार घुस लिँदालिँदै पक्राउ


 


२३ जेठ, बुटवल । १५ हजार घुससहित इन्सपेक्टर पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा (सैनामैना) का प्रहरी निरीक्षक केशवबहादुर बस्नेत घुससहित पक्राउ गरेका छन् । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बस्नेतलाई १५ हजार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

बस्नेतलाई ढुंगा गिट्टिको कारोबार गर्नेसँग रकम लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको अख्तियारको बुटवल कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्