खोई कहाँ छ सरकार ? उत्तरी मोरङमा धमाधम चुरे दोहन हुँदै


 


मोरङ, जेठ २३

मोरङको लेटाङ नगरपालिको १ र ६ नम्बर वडामा पर्ने चुरे क्षेत्रबाट गैरकानुनीरूपमा ढुंगागिट्टी उत्खनन भइरहेको छ ।  कानुनअनुसार चुरे क्षेत्रबाट ठूला मेसिन लगाएर उत्खनन गर्न पाइँदैन । तर, चिसाङ खोलामा रहेका आधा दर्जन बढी क्रसर उद्योगले आधा दर्जन बढी एक्स्साभेटर प्रयोग गर्दै त्यहाँ उत्खनन गरिरहेका छन् ।

यो विषयमा पटकपटक आवाज उठाउँदा पनि रोक्न कुनै पहल नभएको सांसद तथा जनप्रतिनिधि नै बताउँछन् । ‘लेटाङ नगरपालिकाको १ र ६ नम्बर वडामा रहेको चिसाङ खोलाको चुरे क्षेत्रमा ढुंगा गिट्टी उत्खनन र दोहन अत्याधिक छ,’ त्यस क्षेत्रका सांसद उपेन्द्र घिमिरेले भन्नुभयो, ‘त्यस स्थानमा कसले ठेक्का लगायो, किन लगायो र कतिमा लगायो, थाहा छैन ।’

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला पनि चुरे उत्खनन भइरहेकोबारे आफूलाई जानकारी नभएको बताउनुहुन्छ । खनेको देखियो रोक्न सकिएन अनुगमनमा गएको समयमा त्यस स्थानमा अत्यधिक दोहन भएको पाइएको उहाँको भनाइ छ । त्यस क्षेत्रका सांसद घिमिरे डिआइजी, सिडिओ, एसपी, जिल्ला समन्वय समिति सबैलाई भन्दा पनि रोक्न पहल कसैबाट नभएको भन्दै मिलेमतोको आशंका गर्नुहुन्छ ।

लेटाङ नगरपालिकाले तेली खोलाको ३ वटा नाका र चिसाङको ७ वटा नाकाबाट खोलाजन्य वस्तु उत्खननको ठेक्का लगाएको छ । नगरपालिकाका अनुसार ४ करोड ५ लाखमा ठेक्कामा लगाएको हो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्