नेपाली कांग्रेसबाट निर्वाचित मेयर आफ्नै कार्यकर्ताबाट कुटिए


 


रौतहट, – इस्लाम धर्मावलम्बीको चाड इद उल–फित्र मनाउने क्रममा मस्जिदमा बसेका रौतहटको राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानीय एक यूवकले मंगलबार राति कुटपिट गरेका छन् । पर्व मनाउने क्रममा चन्दा माग गरेका उनले रकम थोरै भएको भन्दै मेयर माथि आक्रमण गरेका थिए ।

मेयर शेख सकिललाई गाउँकै शेख नेषादले टर्चलाईटले प्रहार गरेका हुन् । इद मनाउने तयारीमा मस्जिद पुगेका मेयर सकिललाई चन्दाको बाहना निकालेर आक्रमण गरिएको हो । उनको आँखामा चोट लागेको छ । मेयर सकिलले सुनियोजित तरिकाले आफू माथि आक्रमण भएको बताए ।

‘चन्दा एउटा बाहना मात्र हो,’ उनले भने, ‘पुरानो रिसइबि साध्न आक्रमण गरेको हो । घट्नामा संलग्नलाई कडा कारबाही हुनुपर्छ ।’ मेयर सकिल कांग्रेसबाट जितेका हुन् । मेयरमाथि आक्रमण गर्नेको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्