तरुण दल धादिङका जिल्ला उपाध्यक्ष गुण्डा नाइके राधे पेस्तोल सहित पक्राउ, दुई प्रहरी घाइते


 


काठमाडौं जेठ २३ । गुण्डा नाइके राधे (राधाकृष्ण भण्डारी) पक्राउ परेका छन्।

उनी बुधबार साँझ धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ बाट पक्राउ परेका हुन्। उनको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीलाई देखेपछि उनको समूह प्रहरीमाथि नै जाइलागेको थियो। सो क्रममा दुई प्रहरी घाइते भएका छन्।

उनले गुण्डा नाइके दिनेश अधिकारी चरीमाथि गोली प्रहार गरेका थिए। केही समय पक्राउ परेर छुटेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो।

उनी तरुण दल धादिङका जिल्ला उपाध्यक्षसमेत हुन्।

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्