उर्लावारीका जनप्रतिनिधिहरूको बेरूजु ३३ लाख


 


उर्लाबारी । उर्लावारीका जनप्रतिनिधिको बेरूजु रकम धेरै देखिएपछि नगरपालिकाका मेयर खड्ग फागोले जनप्रतिनिधिहरूको सेवासुविधा रोकिदिएका छन् ।

कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यहरूको बेरूजु ३३ लाख देखिएको नगरपालिकाका लेखा प्रमुख गोविन्द कार्कीले जानकारी दिए । मेयर फागोले आज बिहान स्थानीय मंगलबारे पेजसँग कुराकानी गर्दै बेरूजुको फर्स्योट नभएसम्म तलबभत्ता रोकिदिएको बताए । उनले भने,जबसम्म बेरूजु भरपाई हुदैन तबसम्म उर्लावारीका जनप्रतिनिधिहरूले सेवा सुविधा पाउदैनन् ।

हाल उर्लावारी नगरपालिकाको मेयरको तलब ३९ हजार, उपमेयरको ३४ हजार,वडाध्यक्षको २४ हजार, कार्यपालिका सदस्यको १४ हजार र वडा सदस्यहरूको ८ हजार छ । मंगलबारे पेजबाट साभार

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्