किशोर जोडीको यौनक्रिया देखेपछि बृद्धको हत्या


 


काठमाडौं । जेठ ७ गते बिहान जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईलाई सूचना आयो – एक जना वृद्धको हत्या भयो । सूचना आएपछि एसपी भट्टराईले कुकुर सहितको प्रहरी टोली सिम्रौनगढ नगरपालिकास्थित घटनास्थलतर्फ खटाए ।

सानो छाप्रो बनाएर एक्लै बस्ने गरेका ६० वर्षीय महरा चमारको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । ‘शुरूमा त कसले, किन, कसरी हत्या ग¥यो भनेर पत्ता लगाउन प्रहरीलाई धौ–धौ भयो,’ एसपी भट्टराई भने, ‘बोर्डर (भारतीय सीमा) नजिकै भएकाले हत्या गरेर उनीहरू भारततर्फ गइसकेका रहेछन् ।’

विभिन्न सूचनाको आधारमा प्रहरीले अभियुक्तलाई पत्ता लगाइछाड्यो । तर अभियुक्तहरू पक्राउ परेपछि घटनाको रहश्य सुनेर प्रहरी हैरान भयो । वृद्धको हत्या घटनामा किशोरावस्थाको एक जोडीको संलग्नता देखिएको एसपी भट्टराईले बताए । घटना भएको ६ दिनपछि अभियुक्त सिम्रौनगढ फर्किसकेको सूचनाका आधारमा प्रहरीले जेठ १२ गते १७ वर्षका किशोर र १६ वर्षीया किशोरीलाई पक्राउ गर्‍यो ।

किशोर जोडीको यौनक्रिया देखेपछि 

अभियुक्त पक्राउ परेपछि प्रहरीले सोधपुछ गर्न थाल्यो । सोधपुछ गर्ने क्रममा किशोरकिशोरीको जोडीले नै हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । किशोरकिशोरीले चमारको घर नजिकै बेलुकी लगभग १० बजेको हाराहारीमा यौनक्रिडा गरिरहेको अवस्थामा वृद्धले देखेका रहेछन् । अभियुक्तको बयानका आधारमा एसपी भट्टराईले भने, ‘चमारले देखेपछि ‘बार्गेनिङ गर्न थालेछन् – मलाई पनि सम्बन्ध राख्न देऊ भनेर । तर किशोर जोडीले मानेन । सम्बन्ध राख्न नदिए अरुलाई पनि बताइदिने भन्दै धम्की दिएछन् ।’

अरुलाई बताइदिने धम्की पाएपछि हत्या गरेको भनेर अभियुक्तले स्वीकारेको एसपी भट्टराईले बताए । चमारकै घरमा भएको खुर्पाले हानेर बेलुका १० बजेपछि हत्या गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ । प्रहरीका अनुसार ६० वर्षीय चमार अविवाहित हुन् । पक्राउ परेका किशोर १० कक्षा र किशोरी ९ कक्षामा अध्ययनरत छिन् ।

मुलुकी अपराध ९संहिता० ऐनको दफा ४५ को उपदफा ४ अनुसार अभियुक्तलाई कारवारही हुने एसपी भट्टराईले बताए । ऐनमा भनिएको छ, ‘सोह्र वर्ष वा सोह्रभन्दा माथि र उठार वर्षभन्दा कम उमेरको व्यक्तिले कैदको सजाय हुने कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुइतिहाइ सजाय हुनेछ ।’ प्रहरीले अदालतबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ । लोकान्तर बाट

प्रकाशित मिति: २३ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्