नेपालको अवस्था फेर्नको लागि म राजनीतिमा आउँछु : महानायक हमाल


 


काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समय राज गर्नुभएका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताउनु भएको छ । नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि आउन सक्ने बताउनु भएको हो । भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए ।

तपाईंको राजनीतिमा आउने सोच छैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मलाई राजनीतिमा चासो छ । राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु । तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड छैन् । अहिले कलाकारितामा छु । दुबै ठाउँमा हात हाल्नु ठिक होइन । चुनाव लडेका कतिपय भारतीय कलाकारले पछि पछुतो महसुस गरेको सबैलाई थाहा छ ।

तर, म राजनीतिमा आउनै नसक्ने भन्ने छैन ।’ कहिलेबाट आउनुहुन्छ त ? भन्ने प्रश्नको जवाफमा हमालले भन्नुभयो, ‘कुन कित्तामा उभिएर राजनीति गर्छु भन्ने पक्का छैन । सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ ।’ उहाँले आफ्नो उद्देश्य राजनीतिकको लागि राजनीति गर्ने नभएको समेत्त स्पष्ट पार्नुभएको छ ।

त्यस्तो राजनीतिले खासै उपलव्धी नदिने उहाँको बुझाई रहेको छ । आफुले व्यक्तिगत स्वार्थ नहेर्ने भन्दै उहाँले इमान्दार भएर राजनीति गरेर नीति निर्माण तहमा केही प्रभाव परोस भन्ने चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागेको दिन पक्कै राजेश हमाल राजनीतिमा होमिने छ ।

जतिखेर पनि राजनीतिमा आउन सक्छु ।’ देशमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको भन्दै आफु राजनीतिमा आएपछि सबैभन्दा पहिले यसलाई समाप्त पार्ने उहाँको धारणा रहेको छ । आफुले चुनाव जितेको खण्डमा भ्रष्टाचारलाई निर्मूल पार्न कोसिस गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्