कांग्रेस नेता र युवा व्यवसायीमाथि आक्रमण


 


विराटनगर । मोरङको एक गाँउपालिकामा युवाहरुको एक समूहले कांग्रेस नेता र युवा व्यवसायीमाथि आक्रमण गरेको छ । केराबारी गाउँपालिका–५ को पिपल चोकदेखि सुम्निामा चोकसम्मको कालोपत्रे सडकको निरीक्षणका क्रममा युवाहरुको समूहले कांग्रेस नेता वृष थापा र युवा व्यवसायी अनिल बस्नेतमाथि आक्रमण गरेका हुन् ।

युवाहरुले थापामाथि सामूहिक रुपमा लाट्ठी र ढुंगाले आक्रमण गर्न थालेपछि बस्नेत छुट्याउन गएका थिए । ७ जनाको समूहले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजकुमार राईले बताए ।

हिमाल लिम्बू, अमित लिम्बू, वसन्त लिम्बू, विक्रम कटुवाल समेतको समूहले सडकमा कालोपत्रे गर्ने काम आफूहरुलाई नदिएको भन्दै थापामाथि आक्रमण गरेको हुनसक्ने बताइएको छ । कुटपिटमा संलग्नमध्ये वसन्त र विक्रम सोमबार दिउसो पक्राउ परेको प्रहरीले बताएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्