समाजवादी पार्टी सरकारबाट बाहिरिने !


 


काठमाण्डौँ, जेठ २१

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार छाड्ने भएका हुन् ।

उपेन्द्र यादव निकट स्रोतका अनुसार अबको केही दिनमै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने भएको छ । उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई पार्टीभित्रबाट सरकार छाड्ने दबाब छ ।
डा।बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँगको एकतापछि उक्त पार्टीले सरकार छाड्नसक्ने संकेत देखिएको थियो । बाबुराम र उपेन्द्रबीचको एकतालाई नेपाली राजनीतिमा तेस्रो शक्तिको बलियो उपस्थितिको तयारीका रुपमा समेत हेरिएको छ ।

पालना नभएको सम्झौता

समाजवादी पार्टी नेपालले विगत देखि नै संविधान संशोधन गरी मधेशी, जनजातिलगायत सीमान्तकृत समुदायको माग सम्बोधन हुने व्यवस्था गर्नुपर्नेमा जोड दिदै आएको छ । उसले सरकारमा सहभागी हुँदा नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गरेको थियो । सम्झौता अनुसार संविधान संशोधनको विषय समेत छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्