एकैपटक ९ जना मन्त्रीले दिए राजीनामा


 


काठमाण्डौँ । श्रीलंकामा नौजना मुस्लिम मन्त्रीले पदबाट राजीनामा दिएका छन् । इस्टरका दिन २१ अप्रिलमा भएको बम विस्फोटपछिको हिंसामा कम्तिमा २५८ जना मारिएको विषयमा मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

मुस्लिम मन्त्रीहरुले हिंसामा अल्पसंख्यकलाई निशाना बनाउँदा पनि सरकार निरीह भएको भन्दै पद त्याग्ने निर्णय लिए । देशभरमा बौद्ध भिक्षुले गरेको प्रदर्शनपछि सोमवार ९ मन्त्री र दुई प्रान्तीय राज्यपालले राजीनामा दिने निर्णय गरेका हुन् ।

यिनमा क्याबिनेट मन्त्री कबीर हाशिम, गृह मन्त्री हलीम र रिशद बतिउद्दिन सामेल छन् । यिनका साथै राज्यमन्त्री फैजल कासिम, हारेश, अमीर अली शिहाबदीन, सैयद अली जाहिर मौलानाका उपमन्त्री अब्दुल्ला महरूफले पनि राजीनामा दिने निर्णय गरेका छन् ।

न्याय र जेल मन्त्री रऊफ हकिमका अनुसार सबै मन्त्रीले आफ्नो पदबाट राजीनामा दिने भएका छन् । तर सरकारलाई समर्थन भने यथावत हुनेछ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्