सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राई


 


Durja kumarकाठमाडौं, बैशाख १४

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईलाई बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राईलाई सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए।

सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएपछि राईलाई कायम मुकायम महानिरीक्षकको जिम्मेवारी तोकिएको थियो।

२०१८ साल मंसिर १ गते भाेजपुरकाे पश्चिमी गाविस नागी ४ कात्तिकेमा जन्मिएका राई २०४३ फागुन ३ गतेबाट नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका थिए । राई २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरणा भएका हुन् । राईले अन्नपूर्ण  मावि, भाेजपुर बहुमुखि क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नकाेत्तर गरेका छन् । राई भलिबल, एथ्लेटिकक्स, र टेनिसका चर्चित खेलाडी समेत हुन् ।

मन्त्रिपरिषद बैठकले राप्रपा नेपालबाट सहायकमन्त्रीमा नियुक्त भएका विराट विष्टलाई पदमुक्त गरी उनको ठाउँमा राप्रपा नेपालकै रेशमकुमार लामालाई संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्रीमा नियुक्त गरेको छ।

यसैगरी बैठकले रुपन्देहीबाट विभिन्न वहानामा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका तीन जना भारतीय नागरिकको नागरिकता रद्द गर्ने निर्णय भएको मन्त्री राईले जानकारी दिए।

यो पनि पढ्नुहोस

को हुन दुर्जकुमार राई ?

प्रकाशित मिति: १४ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्