अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७३ साल वैशाख १४ गते। मंगलबार। इश्वी सन् २०१६ अप्रिल २६ तारिख। नेपाल संवत् ११३६ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– चतुर्थी, १६:२९ बजेउप्रान्त पञ्चमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अपराह्नदेखि व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। अपराह्नदेखि परिस्थिति अनुकूल नरहन सक्छ। जोखिमयुक्त काममा सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले मित्रताका हात अघि बढाउन सक्छन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउने समय छ। सहपाठी तथा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। जुझारू कार्यशैलीले धेरैलाई जागरुक बनाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कमजोर मानसिकताले पछि परिनेछ भने बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अपराह्नपछि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्न सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्, सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

जुझारू कार्यशैलीले छोटो समयमा राम्रै उपलब्धि दिलाउनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। अपराह्नदेखि नाता गाँस्नेहरूबाट धनमाल जोगाउने चेष्टा गर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

असंयम बोली तथा जुझारू कार्यशैलीले साथीभाइ टाढिन सक्छन्। अरूको आत्मसम्मानलाई ख्याल गर्दै विवेकले काम लिनुहोला। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले मात्र काम बनाउन सकिनेछ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै चिताएका काम बन्नेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। अपराह्नदेखि बोली-व्यवहारमा संयम रहनुका साथै गोपनीयतामा ध्यान दिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। खर्चको मात्रा पनि बढ्ने समय छ। आफन्त एवं नजिकका साथीभाइबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। कमजोरी लुकाउँदा पछि परिनेछ। समस्या दर्साउँदा टाढाका साथीभाइले सहयोग जुटाउन सक्छन्। अपराह्नदेखि विभिन्न अवसर पाइनेछ। लामो यात्रा सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। अपराह्नदेखि खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। अपराह्नदेखि स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

प्रकाशित मिति: १४ बैशाख २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्