नीर शाहको ठोकुवाः राजा विरेन्द्रलाई पहिलो गोली छोरा दिपेन्द्रले नै हानेका हुन् ! (भिडियो सहित)


 


काठमाण्डौँ । बरिष्ठ कलाकार नीर शाहले दरबार हत्याकाण्डको बारेमा सनसनीपूर्ण खुलासा गरेका छन् । दरबार हत्याकाण्डमा नीरका दाजु खड्ग विक्रम शाहको पनि निधन भएको थियो । खड्गविक्रम स्वर्गीय राजा वीरेन्द्र शाहका दिदि भिनाजु हुन् ।

नीरले दरबार हत्याकाण्डको पहिलो खबर आफूले भतिजाबाट प्राप्त गरेको सुनाए । लगत्तै छाउनी अस्पताल पुगेको र भोलिपल्ट मात्रै घाईतेहरु हेर्न पाएको सुनाए ।

भोलिपल्ट आफन्तलाई हेर्न दिँदा दाजुको निधन भैसकेको उनले सुनाए । आइतबार राति प्राईम टाइम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको विशेष कुराकानीमा नीर शाहले यस्तो बताएका हुन् ।

शाहले दरबार हत्याकाण्ड विशेष ग्राण्ड डिजाईनअनुसार नै भएको आशंका व्यक्त गरे । उनले नेपाली सुरक्षा निकायले राजाको सुरक्षा गर्न नसकेकोमा भने अहिलेपनि आक्रोश पोखे । उनले भने,”सुरक्षाको दृष्टिकोणले त नेपाली सेना पनि चुक्यो नि ।”

स्वर्गीय पूर्व युवराजधिराज दिपेन्द्र शाह दिमागमा आएको कुरा गरिहाल्ने प्रवृत्ति थियो । दिपेन्द्र राजा वीरेन्द्रको ठीक विपरित स्वभावको भएको पनि आफूले पाएको हो । राजा विरेन्द्र नेपाल र नेपालीलाई औधी माया गर्नुहुन्थ्यो  ।

 

प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्