हावाहुरीले नवलपरासीमा एक जनाको ज्यान लियो


 


नवलपरासी पश्चिम । नवलपरासी पुर्वको विनयी त्रिवेणी गाउपालिका त्रिवेणीमा आईतबार साझ आएको हावाहुरिले उडाएको जस्तापाताले च्यापेर एक बालिकाको ज्यान गएको छ ।

आईतबार साझ एक्कासि आएको हावाहुरीले विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ७ बस्ने लल्लन यादवको घरको छाना उडाएको व्यारेज पुलमा लगेको थियो । सोही छानाले च्यापेर यादवकी छोरी १० बर्षीय अन्जली यावदको ज्यान गएको त्रिवेणी प्रहरीका प्रहरी नायव निरिक्षक कृष्ण शाहले जानकारी दिनु भएको छ ।

शाहका अनुसार भारत घर भएका यादवको परिवार बिगत २० बर्ष देखि त्रिवेणीमा बस्दैं आएको थियो । हावाहुरीले त्रिवेणीमा ८० घरमा क्षति पुर्याएको छ भने अन्य क्षतकिो विवरण आउन बाकी रहेको शाहले बताउनुभयो । त्यसैगरी सुस्ता र प्रतापपुर गाउँपालिकामा किसानले लगाएको केरा खेतीमा समेत क्षति पुर्याएको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्