उर्लाबारीमा निर्माण होला त व्यवस्थित सार्वजनिक शौचालय ?


 


उर्लाबारी, जेठ १९

उर्लाबारी नगरपालिका – ५ को मुख्य चौकस्थित ट्याक्सी स्टेण्ड उत्तर व्यवस्थित सार्वजनिक शौचालय निर्माणको आईतबार बिहान शिलान्यास गरिएको छ ।

जग्गाका विषयमा पटक–पटक बिवाद हुँदा निर्माण सुरु हुन नसकेको सार्वजनिक शौचालयको आईतबार बिहान एक्कासी शिलान्यास गरिएको थियो । शौचालको नगरपालिकाका मेयर खड्ग फागोले शिलान्यास गरे ।

शौलालय निर्माण हुने जग्गाका विषयमा तिब्र विवाद रहेकाले शिलान्यास गरिएपनि निर्माण अघि बढ्नेमा शंका देखिएको छ । तर सो वडाका अध्यक्ष एवम् नगरपालिकाका प्रबक्ता समेत रहेका भानु पराजुलीले मुख्य चौक नजिकै रहेको नेपाल बैक लिमिटेडको सधियाँरमा करिव १६ धुर जग्गा ऐलानी भएको र सधिँयार सवैको श्रेस्तामा जग्गा पुगेको ठहर गरी उक्त स्थलमा शौचालय निर्माण गर्ने दाबी गर्छन् ।

उर्लाबारी नगरमा एउटा व्यवस्थित सार्वजनिक सौचालयको आवश्यक भने देखिएको छ । चालु आर्थिक बर्षमा नगरपालिकाको पाँच लाख र वडा नं.–५ को तीन लाख गरी रु आठ लाखको लागतमा निर्माण शुरु गरिने बताउँदै आगामी आर्थिक बर्षमा निर्माण संम्पन्न गर्न नगरपालिकाले आवश्यक बजेट बिनियोजन गर्ने मेयर फागोले बताएका छन् ।  सामाजिक कार्यकर्ता एवं कांग्रेसका स्थानिय नेता सर्वजित भण्डारीको अध्यक्षता शौचालय निर्माण समिति गठन गरिएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्