पाँचथरमा प्रहरीलाइ सफलता शीतल योङहाङका हत्यारा पक्राऊ


 


पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका ४ पञ्चमीकी १५ वर्षीय स्कुले छात्रा शीतल योङहाङको हत्या पछि फरार रहेको भनिएका पदम तामाङ पक्राऊ परेका छन ।

प्रहरीले झापाको दमकवाट उनलाई आइतवार दिँउसो पक्राऊ गरेको हो । फाल्गुनन्द २ निवासी पदमले छिमेकी भगिरथ वाँस्तोलाको सहयोगमा गत बैशाख २९ गते साँझ शीतललाई घर नजिकै रहेको खाली घरमा बोलाएर घाँटी रेटी हत्या गरेका थिए । बास्तोलालाई प्रहरीले भोलीपल्ट नै पक्राउ गरेपनि तामाङ भने फरार थिए ।

यसैविच जिल्ला प्रहरी कार्यालय पाँचथर र झापाका विभिन्न प्रहरी युनिटसँगको सहकार्यमा तामाङलाई पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख –(डिएसपी) नरेन्द्र कुँवरले जानकारी दिनुभयो ।तामाङलाई आजै पाँचथर ल्याइने छ ।
उनको पक्राउका लागि दवाव दिँदै विद्यार्थी र नागरिक समाजले दवाव दिँदै आएका थिए ।

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्