योगेशले भने – ‘देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु छन् ‘


 


काठमाण्डौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले देशभित्रै छ्यापछ्याप्ती जयशंकरहरु भएकाले दिल्लीका जयशंकरको चिन्ता नगर्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्,देश भित्रै छ्यापछयाप्ति जयशंकरहरु छन्, उनीहरुलाई सच्याऔ । दिल्लीका जयशंकरको धेरै चिन्ता गर्नै पर्दैन् !

नेपालमा २०७२ सालमा भारतले लगाएको नाकाबन्दीको डिजाइनर भनिएका एस जयशंकर नरेन्द्र मोदीको नयाँ सरकारमा विदेशमन्त्री भएपछि उनको चर्चा नेपालमा पनि चलिरहेको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्