सुनसरीमा गोरु काट्ने तीन जना पक्राउ


 


सुनसरी, जेठ १८

सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नहडामा गोरु काटेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती पौने १० बजे गोरु काट्दै गरेको अभियोगमा पक्राउ परेका हुन ।

मिना सेर्पाको घरमा बहर गोरु काटी भाग लगाउँदै गरेका २६ बर्षीय आसिक राई र ४७ बर्षीय किलक राईलाई घरधनी सेर्पासहित अस्थायी प्रहरी पोस्ट बाङगेबाट खटिएको प्रहरीको टोलिले नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्