ओली सरकारले जोगवनीदेखि इटहरीसम्म रेलमार्ग बनाउने, स्थानीय हर्षित


 


विराटनगर । जोगवनी देखि इटहरी सम्म रेल मार्ग निर्माण गरिने भएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७६–७७ को लागि विनियोजन गरेको बजेटमा बिराटनगरको जोगवनी देखि इटहरी सम्म रेल मार्ग विस्तार गर्ने बजेट बिनियोजन भएको हो ।

सरकारले बुधबार ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेटमा इटहरी सम्म रेल मार्ग विस्तार गर्ने बजेट समेटिएको छ । अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको प्रतिबेदनमा इटहरी सम्म रेल मार्ग निमार्णको काम सुरु हुने बताएका हुन ।

जोगवनीबाट बथनाह हुँदै विराटनगरमा आउन लागेको रेलमार्गलाई इटहरीसम्म ल्याउने लागिएको बजेट सरकारले ल्याएको हो । इटहरी सम्म रेल मार्ग बन्ने भए पछि ब्यापारीदेखि सर्वसाधरणहरु सम्म खुसी भएका छन ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्