जय श्रीरामको नारा लगाउँदै ५० ईसाई परिवार फर्किए हिन्दू धर्ममा


 


भारतको उत्तर प्रदेश राज्यको फतेहपुरको एउटा गाउँका ५० परिवार एक साथ हिन्दू धर्ममा फर्किएका छन् । अग्निबीर नामक धार्मिक संस्थाको एक महिना लामो प्रयासपछि यी परिवार हिन्दू धर्ममा फर्किन तयार भएका हुन् ।

अग्निवीरको समूहले हिन्दू धर्मका फर्केका ५० परिवारलाई वैदिक अनुष्ठान गरी जनेउ प्रदान गरेको थियो । गाउँमा अँझै १५० परिवार ईसाई छन् । अग्निवीरले बाँकी परिवारलाई पनि छिट्टै स्वधर्ममा फर्काउने बताएको छ ।

आजभन्दा ५ वर्ष अगाडि राजपुत र पिछडा वर्गको बाहूल्यता रहेको यो गाउँमा एक जना करेलाको पाष्टर छिरेको थियो । उसले गाउँका मानिसहरूलाई हिन्दू देवीदेवता शैतान हुन्; असली ईश्वर जिसस हो भन्दै ईसाई बनाएको थियो । एजेन्सी

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्