चितवनका सिडियोले भने – जागिर जाओस तर रंगशाला भत्काउनेलाई छाड्दैनौ


 


चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर लगाएर बार भत्काउनेलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन् । आज भरतपुर महानगरपालिकामा भएको सर्वपक्षिय छलफलमा प्रजिअ बस्नेतले जोसुकैको दबाब र प्रभावमा कारवाहीका लागि पछि नपर्ने प्रतिकृया दिए ।

उनले भने,यो घटना घटाउने दोषिले उन्मुक्ती पाउने छैनन्,जागिर नै किन नजाओस,सरुवानै हुन किन नपरोस,बढुवा रोकियोस तर कारवाही गरेरै छाड्छौं । उनले घटनामा संलग्न मुख्य ब्यक्ति पक्राउ परेको र अन्य दोषिलाई पनि छिट्टै नियन्त्रणमा लिइने जानकारी दिए । उनले रंगशालमा आवश्यक सुरक्षाको व्यवस्था गर्न नसकेको स्वीकार गर्दै सूचना आदानप्रदानमा कमि भएका कारण घटना भएको बताए । उनले धुर्मुस सुन्तली फाउण्डेशनलाई मनोबल कमजोर नबनाउन र एक सेकेण्ड पनि काम नरोक्न उनको आग्रह छ ।

प्रजिअ बस्नेतले धुर्मुस सुन्तली र फाउण्डेशनलाई आजैका दिनदेखि आवश्यक सुरक्षा प्रदान गरिने बताए । सबै क्षेत्रमा प्रहरीले मात्र सुरक्षा दिन सम्भव नरहेको भन्दै उनले विना बर्दिको प्रहरीको रुपमा रहेका नागरिकले पनि सुरक्षाका विषयमा सजग बन्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्