२५ सय नेपालीलाई चीन सरकारले फिर्ता पठायो


 


काठमाडौं । तिब्बतको सीमा जोडिएको हुम्लाबाट कामको खोजीमा गएका नेपालीलाई उनीहरूको सीमापास नियन्त्रणमा लिँदै चीन सरकारले फिर्ता पठाएको छ।

हुम्लाको हिल्सा नाका हुँदै तिब्बतको ताक्लाकोटमा कामको खोजीमा गएका २ हजार ५ सय हुम्ली कामदारलाई चीन सरकारको प्रशासनले फिर्ता पठाएको ताक्लाकोटबाट लामु लामाले जानकारी दिए।

बेरोजगार युवा जिल्लामा काम नपाएपछि हरेक वर्ष तिब्बतको ताक्लाकोटमा काम गर्न जाने गरेका छन् । यो समाचार आजको नेपाल समाचरपत्र दैनिकमा छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्