जो मोदी सरकारका क्याबिनेट मन्त्री बने, यस्तो छ ‘नेपाल कनेक्सन’


 


नयाँ दिल्ली : लोकसभा चुनावमा प्रचण्ड जीतपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन्।यो पटकको सबैभन्दा रोचक तथ्य पूर्व विदेश सचिव एस जयशंकर क्याबिनेट मन्त्री बनेका छन्। पूर्वविदेशमन्त्री सुष्मा स्वराज मन्त्री नबन्ने भएपछि जयशंकरले जिम्मेवारी पाएका हुन्। १९७७ को ब्याचका आईएफएस अधिकारी एस जयशंकरको विदेश मामिलामा राम्रो छाप छ।

उनी तत्कालै उचित निर्णय लिन सक्ने क्षमता भएका अधिकृत मानिन्छन्। एस जयशंकर मोदीको पहिलो कार्यकालमै सन् २०१५ मा विदेश सचिव बनेका थिए। त्यसभन्दा पहिले उनी अमेरिकामा भारतका राजदूत थिए। भारतमा अझै पनि जयशंकरले अमेरिकासँग एमटी सम्झौताको बाटो खुल्ला गर्न र बाराक ओबामाला गणतन्त्र दिवसमा पाहुना बनाउने क्रममा अहम भूमिका खेलेका थिए। तमिलनाडुबासी एस जयशंकरको जन्म दिल्लीमै भएको हो। उनका दिवंगत पिता के सुब्रमण्यम भारतका प्रमुख रणनीतिक विश्लेषकमा एक मानिन्थे। एस जयशंकरको शिक्षा एयरफोर्स स्कुल र सेन्ट स्टिफेन्स कलेजमा भएको हो।

उनकी पत्नीको नाम क्योको जयशंकर हो। उनीहरू दुई पुत्र र एक पुत्रीका माता पिता हुन्। जयशंकरले राजनीतिक शास्त्रमा एमए गरेका छन्। यसका अलावा एमफिल र पिएचडी पनि गरेका छन्। उनी इन्टरनेशनल इन्स्टिच्युड फर स्ट्रेटिजक स्टडी लण्डनका सदस्य पनि हुन्। एस जयशंकरको पहिलो पोस्टिङ सन् १९७९ मा रूसको भारतीय दुतावासमा भउको थियो। त्यसपछि सन् १९८१ देखि १९८५ सम्म भारतीय विदेश मन्त्रालयमा अन्डर सेक्रेटरी रहे। त्यसपछि उनी १९८५ देखि १९८८ को बीचमा अमेरिकामा भारतका प्रथम सचिव रहे। त्यसपछि उनी श्रीलंकामा भारतीय शान्ति सेनाका राजनैतिक सलाहकारका रूपमा सक्रिय रहे। सन् १९९० मा बुडापेस्टमा कमर्सियल काउन्सिलरको जिम्मा दिइयो। त्यसपछि भारत फर्किएर तीन वर्षसम्म पूर्वी युरोपको मामिला हेर्न थाले। सन् १९९६ देखि २००० सम्म टोक्यो र सन् २००४ सम्म चेक रिपब्लिकमा भारतक राजदूतको पद सम्हाले। चेक रिपब्लिकबाट फर्किएपछि उनी तीन वर्षसम्म विदेश मन्त्रालयमा अमेरिकी विभागमा सक्रिय रहे।

सन् २००७ मा उनलाई इन्डियन हाई कमिश्नरका रूपमा सिंगापुर पठाइयो। फेरि उनी सन् २००९ देखि २०१३ सम्म चीनमा भारतीय राजदूत रहे। एस जयशंकरको नेपाल ‘कनेक्सन’ विदेशमन्त्री सुष्मा स्वराजले जिम्मेवारी नलिएपछि जयशंकर क्याबिनेट मन्त्री बनेका हुन्। उनले सम्भवत: विदेश मन्त्रालयको जिम्मेवारी सम्हालेनछन्। नेपालले वि.सं. २०७२ मा नयाँ संविधान जारी गर्नुअघि एस जयशंकर भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको दूत भएर आएका थिए। प्रधानमन्त्री मोदीको विशेष दूतका रुपमा नेपाल आएका तत्कालीन भारतीय विदेशसचिव एस जयशंकरले त्यो मितिमा संविधान रोक्न पहल गरेका थिए। निर्धारित समयमा संविधान जारी नगर्न भन्दै जयशंकरले मधेसी समुदायको सहमति लिएर मात्रै अघि बढ्न सुझाएका थिए। उनललेप्रमुख दलका नेताहरुलाई भेटेरै यस्तो आग्रह गरेका थिए।

त्यो बेला संविधान रोक्ने एस जयशंकरको प्रस्ताव कांग्रेसका सुशील कोइराला, एमालेका केपी शर्मा ओली र माओवादीका पुष्पकमल दाहालसहित लगायतले जयशंकरको प्रस्ताव अस्वीकार गरेका थिए। नेपालले संविधान जारी गर्दा आफ्ना सुझाव नसुनेको भन्दै नाकाबन्दी लगाएको थियो। चार वर्षअघि भारतले नेपालमाथि नाकाबन्दी गर्दा जयशंकर विदेश सचिव थिए। २०७२ असोजमा नेपालमा संविधान जारी हुनुभन्दा अघि उनी प्रधानमन्त्री मोदीका विशेष दूत बनेर काठमाडौं आएका थिए। तर उनी केही दिनमै निराश भए फर्केका थिए। उनले नेपालमा बसेर संविधान घोषणा कार्य केही दिन अझै सार्न भनेका थिए। मोदीको सन्देश लिएर उनी निराश भएर फर्किएपछि नेपालले ६ महिनासम्म भारतीय नाकाबन्दी खेप्नुपरेको थियो।

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्