जसले श्रीमतीसँग सम्भोग गर्न छिमेकीका साढे दुई वर्षीय छोराको बली दिए…


 


काठमाडौं १७ जेठ– आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

यौनशक्ति कम हुदै गएपछि महतोले दैवी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाइ वर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ । गत वैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । वैशाख २३ गते दिउसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन् ।

अन्धविश्वासमा विश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालकको बलि चढाएको प्रहरीलाई बताएका थिए ।
उनले प्रहरीलाई दिएको बयानमा २ वर्षदेखि श्रीमतीसँग शारीरिक सम्भोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिरकुमारको हत्या गरेको स्वीकार गरेका छन् । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्