मोदीले प्रधानमन्त्रीको सपथ लिइरहँदा उनकी बृद्ध आमा आफ्नो पुख्र्यौली घरमा के गरिरहेकी थिइन् ?


 


काठमाडौं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिएका छन् । नरेन्द्र मोदीले आफुले दोश्रो कार्याकालका लागि प्रधानमन्त्री पदको सपथ लिनु केही दिनअघि गृहप्रदेश गुजराँतको गान्धीनगरस्थित घरमा पुगेर आमा हीराबेन मोदीसँग सपथ लिएका थिए ।

आमासँग आशिर्वाद थापेर फर्किए लगत्तै बिहीबार साँझ नरेन्द्र मोदीले प्रधानमन्त्री पदको सपथ लिए । नरेन्द्रले सपथ लिइरहँदा आमा हिराबेन के गरिरहेकी थिइन् होला ? यो सबैको जिज्ञासाको विषय हो ।
जब नरेन्द्र मोदी आठौं हजार पाहुनाका अघि उभिएर सपथ लिइरहेका थिए ।

त्यसबेला आमा हिराबेन गुँजरातस्थित आफ्नै घरमा टिभीमा रिमोर्ट घुमाइरहेकी थिइन् । छोराले प्रधानमन्त्री पदको सपथ लिँदा उनका आँखा र मुहारमा चमक देखिएको थियो । छोरा नरेन्द्र मोदीले सपथ लिइँरहँदा उनले ताली समेत बजाइरहेको देख्न सकिन्थ्यो ।

छोराले प्रधानमन्त्री पदको सपथ खाइरहेको दृष्य टिभीमा देखेर ताली बजाइरहेको तस्विर अहिले भारतीय सञ्चारमाध्यामहरुमा प्राथमिकताका साथ प्रकाशित भएका छन् । प्रधानमन्त्री पदको सपथ लिनुअघि आमालाई भेट्न गएका मोदीले आशिर्वाद थाप्नुका साथै सगुन समेत पिएर फर्किएका थिए ।

छोरो दोश्रो पटक पनि प्रधानमन्त्री भएपछि निकै हर्षित मुद्रामा रहेकी हिराबेन आफ्नौ पुख्र्यौली घर गान्धीनगरमै बस्दै आएकी छिन् । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १७ जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्