गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित (विज्ञप्तिसहित)


 


चितवन : चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ । निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान स्थानीयले भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

काम गर्ने कर्मचारी र कामदारको ज्यान धनको सुरक्षामा खतरा पर्ने बताउदै विवाद समाधान नहुन्जेल काम रोकिएको फाउण्डेशनको भनाई छ । नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले रंगशाला निर्माण स्थल नजिकै बाटोको माग गर्दै डोजर प्रयोग गरेर जस्ताको बार भत्काएको हो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्