वाह कम्युनिष्ट सरकार ! मासिक एक सयबाट सुरु गरेको बृद्धभत्ता अब दिनकै एक सय


 


काठमाडौं । केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले बृद्धभत्ता १ हजार रुपैयाँ पुर्याएको छ । यसअघि मासिक २ हजार रुपैयाँ दिइदै आएको बृद्धभत्ता मासिक १ हजार रुपैयाँ बढाएर मासिक ३ हजार रुपैयाँ पुर्याइएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०५१/२०५२ सालमा तत्कालीन अर्थमन्त्री स्व भरतमोहन अधिकारीले पहिलो पटक बजेटमा वृद्ध भत्ताको व्यवस्था गरेका थिए । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा घोषणा भएको वृद्ध भत्ता कार्यक्रम लोकप्रिय भएको थियो ।

सबैले मनमोहन अधिकारीलाई जनताको प्रधानमन्त्रीको संज्ञा दिएका थिए। तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्री अधिकारीद्वयले १०० बाट सुरु गरेको वृद्ध भत्तालाई आम नागरिकले कम्युनिस्ट सरकारले दिएको ‘उपहार’का रुपमा लिएका थिए ।

प्रकाशित मिति: १६ जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्