माफियाको अतिक्रमणमा परेका सबै सरकारी जग्गा आउँदो वर्षभित्रै फिर्ता गरिने


 


काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बुधबार संसदमा पेस गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा यो कुरा उल्लेख गरको छ ।

सरकारले भूमिको दिगो उपयोग गर्न भूमि ऐन बनाउने भएको छ । आगामी आर्थिक वर्षभित्र अतिक्रमणमा परेको सबै सरकारी जमिन फिर्ता लिने बजेटमा उल्लेख छ ।

यस्तै २ वर्षभित्र कृषि जमिनपूर्जा विद्युतीय बनाउने बजेटमा उल्लेख छ । जग्गा कारोबारको सबै विवरण अनलाइनमा आधारित बनाउने सरकारी योजना रहेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्