थाइल्यान्डबाटै राजाको बधाई


 


काठमाडौं पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ । भारतको हालै सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी भारी मतले विजयी भएपछि राजाले बधाई दिनुभएको हो ।

प्राप्त जानकारीअनुसार पूर्व श्री ५ ज्ञानेन्द्र नातिनीको ‘ग्य्राजुएसन’का लागि अहिले बैंककमा हुनुहुन्छ । यही जेठ ५ गते बैंकक पुग्नुभएका राजा ज्ञानेन्द्रले बैंककबाटै फोन गरेर प्रधानमन्त्री मोदीलाई बधाई दिनुभएको हो । फोनमा प्रधानमन्त्री मोदी र राजा ज्ञानेन्द्रबीच लामै कुरा भएको बताइएको छ ।

यसैगरी, राजा ज्ञानेन्द्रले भारतका गृहमन्त्री तथा भाजपा नेता राजनाथ सिंह, भीके सिंह र योगी आदित्यनाथलाई फोनमार्फत बधाई दिनुभएको छ । योगी आदित्यनाथसँग राजा ज्ञानेन्द्रको समय–समयमा कुरा भइरहने स्रोतले बताएको छ । हाल सपरिवार बैंकक रहनुभएका राजपरिवारका सदस्यहरू आगामी साता स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्