तीनकुनेदेखि जडीबुटीसम्म सुरुङ मार्ग बनाउने


 


काठमाडौं । सरकारले तीनकुने-कोटेश्वर, जडीबुटीमा सुरुङ मार्ग बनाउने बताएको छ। बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्।

बजेट भाषणका क्रममा खतिवडाले सडक पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा लान, बुटवल नारायणगढ र कञ्चनपुरको निर्माणमा १९ अर्ब १८ करोड बजेट विनियोजन गरेका छन्। यस्तै, पूर्वपश्चिम राजमार्गलाई मध्यपहाडी सडकको ४३५ किमि पिच गर्न १२ अर्ब ६५ करोड, हुलाकी मार्गलाई १३ अर्ब बजेट चुरे तथा भित्री मधेसको मदन भण्डारी सडकलाई ४ अर्ब ८३ करोड बिपी राजमार्गको सुधारलाई ९६ करोड बजेट विनियोजन गरिएको छ।

यस्तै काठमाडौँ चक्रपथ सडकलाई १ अर्ब ८१ अर्ब र कान्तिपथ सडकलाई ६१ करोड बजेट विनियोजन गरिएको छ। तीनकुने कोटेश्वर जडीबुटीमा सुरुङ मार्ग बनाइनेछ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्