अब पेट्रोलियम पदार्थमा कर बढ्यो


 


काठमाडौं १५ जेठ – सरकारले पेट्रोलियम पदार्थमा कर बढयाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेटबाट प्रतिलिटर डिजेल र पेट्रोलमा १ रुपैयाँ शुल्क लिने बताएका छन् ।

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकास गर्नको लागि ११ अर्ब ७४ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि ११ अर्ब ७४ बजेट छुट्याएको जानाकारी दिएका हुन् ।

यस्तै, सरकारले व्यापार घाटालाई नियन्त्रण गर्न सेफगार्ड, नेपाल र चीनबीच भएको व्यायापर सम्झौतको पारवहनको लागि, दुर्गम क्षेत्रमा खाद्यान्न ढुवानीको लागि, पेट्रोलियम पदार्थको आयात सहज गर्न पाइप विछ्याउनको लागि बजेट छुट्याएको बताए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्