विदेशबाट फर्केका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन, ९ अर्ब रुपैयाँ अनुदान


 


काठमाडौं । सरकारले रसायनिक मल खरिदमा दिइँदै आएको अनुदान ५० प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयन हुने गरी मल खरिदमा दिइँदै आएको अनुदान बढाइएको हो । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा बजेट प्रस्तुत गर्दै मल खरिदमा अब ९ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराइले बताए ।

सबै प्रदेशमा नमुना औद्योगिक कृषि फार्म स्थापना गर्न प्रोत्साहन गर्ने खतिवडाले बताए । वैदेशिक रोजगारीबाट कृषि सीप सिकेर फर्केका युवालाई अर्गानीक खेतीमा प्रोत्साहन गरिने खतिवडाले बताए । कृषकलाई आफ्ना उत्पादनको बजार मूल्य थाहा दिन मोबाइल एप्स सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्